रबि रेग्मी, गोरखा। गोरखाको गण्डकी गाउँपालिकामा गाउँपालिकाको कर्मचारी सहित २६ जना कोरोना संक्रमित थपिएका छन ।

आज गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा २६ जनामा कोरोना संक्रमण देखिएको हो ।

गाउँपालिकाको कर्मचारीमा नै कोरोना संक्रमण देखिएपछि गाउँपालिकाले एक बिज्ञाप्ती निकाल्दै एक हप्ताको लागि गाउँपालिकाले दिने सबै सेवा बन्द हुने जानकारी गराएको छ।

आज संक्रमित हुनेमा गाउँपालिकाको वडा नं २ का ७ जना, वडा नं ६ का २ जना, वडा नं ७ का ६ जना र वडा नं ८ का ११ जना रहेका छ्न ।

प्रतिक्रिया दिनुहोस !