काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा कोरोनाभाइरसका ९ हजार ३ सय ५ जना संक्रमित थपिएका छन् ।

२० हजार ३ सय  ६२ वटा पीसीआर र ४ सय  २४ वटा एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

काठमाडौं उपत्यकामा मात्रै ३ हजार ९सय  २४ जना संक्रमित थपिएका छन् ।

बुधबार एकैदिनमा १ सय  ६८ जनाको निधन भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार  ४ सय ४४ जना निको भएका छन् । निको हुने दर ७४।९ प्रतिशत छ ।

बुधबारसम्म देशभर सक्रिय संक्रमित संख्या १ लाख १ हजार ६३४ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस !