चितवन । चितवनमा आज एकै दिन विभिन्न अस्पतालहरुमा ११ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको विगत २४ घण्टाको तथ्यांक अनुसार भरतपुर अस्पतालमा ४, चितवन मेडिकल कलेजमा ४ र कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा ३ जनाको मृत्यु भएको हो । विगत २४ घण्टामा विभिन्न अस्पतालहरुमा ४२ जना डिस्चार्ज भएका छन् भने आईसीयूमा २४८ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसैगरी भेन्टिलेटरमा ४४ जनाको उपचार भइरहेको छ । विभिन्न अस्पतालहरुमा उपचारको लागि ४५५ जना कोरोना संक्रमित बिरामी भर्ना भएका छन् ।

प्रतिक्रिया दिनुहोस !