काठमाडौं । कोरोना भाइरस संक्रमणको कारण थप २ सय  २५ जनाको मृत्यु भएको छ ।

 

सेनाले विभिन्न मितिमा व्यवस्थापन गरेको शवसमेत अद्यावधिक गर्दै स्वास्थ्य मन्त्रालयले सो मृत्यु संख्या उल्लेख गरेको हो ।

पछिल्लो २४ घण्टामा ९ हजार ४ सय  ८३ भाइरस संक्रमित थपिएका छन् । २१ हजार ३ सय  १६ वटा एन्टीजेन र पीसीआर नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५हजार २ सय २५ जना निको भएका छन् ।

कूल संक्रमित संख्या ४ लाख १३ हजार १११ जना पुगेको छ । आजसम्म ४ हजार ८४ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या ९७ हजार ८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !