काठमाडौँ । नेकपा (एमाले) का निलम्बित नेता माधवकुमार नेपाल समूहले राजिनामा दिन्छु भनेर घुर्की सहित दिएको चेतावनीको समय सकिएको छ । सोमबार बिहान ९ बजेको समयमा सम्म प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीले कुनै रेसपोन्स नगरेपछि घुर्कीको समय त्यसतै सकिएको छ ।

घुर्कीको समय सकिय लगत्तै माधव समूहले पार्टी र सांसद पद छाड्नुअघि अहिले बैठक बोलाएको छ । सिंहदरबारमा रहेको संसद सचिवालयमा माधव नेपाल मसूहका सांसदको बैठक बस्न बस्दैछ । बैठकबाट सांसदहरूले एमाले र सांसद दुबै पद छाडेको घोषणा गर्ने बुझिएको छ । पार्टी फुटाउने हैसियत नपुगेपछि माधव नेपाल समूहका नेताहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको काखमा बसेर ओलीसँग बार्गेनिङ गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस !