
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ८८ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ७२० पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको हो । तर, विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएका २६ जनालाई पनि सरकारी तथ्यांकमा समावेश गर्दा आज ८८ जना मृतक थपिएका हुन् ।