सन्देश वाग्ले, चितवन । आदरणीय मेयर ज्यु, सिडियो ज्यु, जिल्लाका सम्पुर्ण पत्रकार मित्रहरुलाई भरतपुर महानगरपालिका युवा संजालको तर्फबाट साधरण अनुरोध गर्न चाहान्छौ ।

तपाईंहरुलाई थाहानै छ चितवन मेडिकल सिटि भनेर चिनिछ, प्राय काठमाडौ रिफर हुने बिरामी अहिले कोभिडको बेलामा विभिन्न जिल्लाबाट बिरामीहरु चितवन रिफर भैरहेका छ्न । हामी मेयर ज्यु र सिडियो ज्युलाई चितवन मा रहेको अस्पतालहरु एकचोटी अनुगमन गरिदिनु हुन अनुरोध गर्न चाहान्छौ। अस्पतालको  स्थिति  बिरामीको अवस्था र अस्पतालले गरेको ब्यबस्थापनको बारेमा अनुगमननै गर्नु पर्छ खालि फोनबाट र समाचार पढेर हुन्न भन्न चाहन्छौ र अनुगमन गरि त्यहाँ देखिएका समस्य सुधार गरिदिनुहुन अनुरोध गर्न चाहान्छौ।

त्यस्तै पत्रकार मित्रहरूलाई साधरण अनुरोध गर्न चाहान्छौ , पत्रकारको कार्ड भिरेर राजनीतिक दलको ब्याख्या गर्न छाडिदिनुहोस, अहिले समयको माग तपाईहरु चितवनमा रहेका सबै अस्पतालमा छिरी कुन अस्पतालले कति सेवा दिएको छ, बिरामीले सहज रूपमा उपचार पाएका छन / छैनन त्यो पता लगाउन लाग्नु हुन अनुरोध गर्न चाहान्छौ। यदि अस्पतालले शेवा दिएको छैन भने आवाज उठाउनु होस, र सम्बन्धित निकायलाइ जानकारी गराउनु होस अहिले पत्रकारको धर्म  यो पनि भन्न हो  चाहान्छु। साथै हामी पनि साथमा हिड्ने छौ तपाईहरुले उठाएको मागलाई सम्बोधन गर्नेछौं ।

प्रतिक्रिया दिनुहोस !