
काठमाडौं । शनिबार मुलुकमा कोरोनाभाइरसका८ हजार ४ सय १८ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ ।
१८ हजार ३ सय ४ नमुना एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । ३३७० जना निको भएका छन् ।
सक्रिय संक्रमित संख्या ८३ हजार ४ सय ९३ पुगेको छ ।
कूल संक्रमित संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको छ । कूल मृतक संख्या ३ हजार ६सय ३२ पुगेको छ ।