काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख आयुक्त दिप बस्न्यातलाई धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्चले शुक्रबार बस्न्यातलाई ५ लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको हो । न्यायाधीशद्वय ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बस्नेतलाई छाड्न आदेश दिएको छ । बस्न्यातले केही दिनअघि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो ।

अख्तियारले तत्कालीन भौतिक पूर्वाधार सचिव भएका बेला बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने फाइल उठाएको देखिएकाले आफ्नै पूर्व प्रमुख आयुक्तविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतले २०७७ मंसिर २८ गते बस्न्यातलाई थुनामा राख्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस !