काठमाडौं । शुक्रबार नेपालमा कोरोनाभाइरसका ९ हजार १ सय ९६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ ।

 

२० हजार ४ सय ८२ वटा एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

कूल संक्रमित संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको छ । कूल मृतक संख्या ३ हजार ५ सय ७९ पुगेको छ ।

सरकारले मेडिकल अक्सिजनको प्रयोग तथा आवश्यकता निर्धारण सम्बन्धी मापदण्ड २०७८ लागु गरेको समेत जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस !