काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ । आइतबार बस्नेगरी परिषद्का अध्यक्ष समेत रहनुभएका ओलीले बैठक बोलाउनुभएको हो । बैठकले संवैधानिक आयोगहरुमा रिक्त रहेका पदाधिकारी सिफारिस गर्ने सम्भावना छ । लोकसेवा आयोगमा अध्यक्षसहित सबै पदाधिकारी रिक्त छन् । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ पदाधिकारी र निर्वाचन आयोगमा एक पदाधिकारी रिक्त छ । यसैगरी समावेशी आयोगले पनि पूर्णता पाउन बाँकी नै छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हालै सरकारको सिफारिसमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्नुभएको थियो । अध्यादेश अनुसार परिषद्को उपस्थित सदस्यको बहुमतले नियुक्ति सिफारिस गर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस !