काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

बालुवाटारमा प्रधानमन्त्रीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीको स्वाब संकलन गरिएको हो ।

वैशाख २७ गते हुने विशेष अधिवेशनका लागि संसद सचिवालयले संसदका पदाधिकारी, सांसद, सचिवालयका कर्मचारी र स्वकीय सचिवहरुको पीसीआर परीक्षण गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस !