सुदूरपश्चिम ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेको छ । केआइसिंह गाउँपालिका–६ फलेडीका स्थायी बासिन्द रहनुभएका मुख्यमन्त्री भट्टकी आमा ८४ वर्षीया शारदाको आज निधन भएको हो ।
केही दिन पहिलेदेखि स्वास्थ्यमा समस्या आएपछि उहाँको आज आफ्नै निवासमा मृत्यु भएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो । मुख्यमन्त्री भट्ट अहिले आफ्नो निवास डोटी पुगिसक्नुभएको र आमाको अन्त्येष्टि शुक्रबार मात्रै गरिने उहाँका घरपरिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !