चितवन। चितवनमा हरेक दिन कोरोना संक्रमण भयावह बन्दै गएको छ ।

गम्भीर बिरामी नभइकन बिरामीहरु कोरोना परीक्षण गर्न अस्पताल गएका छैनन् र गएका मध्ये धेरैलाई कोरोना संक्रमण देखिएको छ । चितवनमा आज एकै दिन २०२ जनालाई कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार विगत २४ घण्टामा भरतपुरका ८० जना, रत्ननगरका २० जना, खैरहनीका १२, माडीको १, राप्तीको ५ र कालिका नगरपालिकाका ३ जनालाई थप कोरोना संक्रमण देखिएको छ । योसँगै चितवनमा आजसम्म १२७ जनाको मृत्यु भइसकेको छ भने आजसम्म आठ हजार ८६९ जना संक्रमित भएका छन् । कार्यालयका अनुसार अस्पतालको आइसोलेसनमा ११५ जना घरमा आइसोलेसनमा एक हजार ७९७ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !