हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला मनोनित हुनुभएको छ । तत्कालीन मुख्य सचेतक केशब पाण्डे प्रदेशको आन्तरिक तथा कानुन मन्त्री भएपछि रिक्त रहेको सो पदमा निरौलालाई मनोनयन गरिएको हो ।
दलका नेता एबम बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा (एमाले) को दलको बिधान २०७७ को दफा १३ बमोजिम मनोनयन गर्नुभएको हो । निरौलालाई गत १७ गते मुख्य सचेतकमा नियुक्त गरि आज बागमती प्रदेश सभा सचिवाललाई जानकारी समेत गराईएको छ ।

प्रतिक्रिया दिनुहोस !