नेपालगन्ज । बाँकेमा थप १० कोरोना संक्रमितको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज-१२ का ४५ वर्षीय पुरुष, नेपालगन्ज-१० की ७८ वर्षीया महिला, नेपालगन्ज-१ का ५८ वर्षीय पुरुष, नेपालगन्ज -१० का २७ वर्षीय पुरुष, भेरी नगरपालिका-४ जाजरकोटकी ४३ वर्षीया महिला, नेपालगन्ज- ४ का ५५ वर्षीय पुरुष, नेपालगन्ज-१० का ७८ वर्षीय पुरुष, नेपालगन्ज-१९ का ७७ वर्षीय पुरुष र नरैनापुर-१ बाँकेका ५६ वर्षीय पुरुष तथा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर- ५ बाँकेका ३२ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताउनुभयो ।

योसँगै कोरोनाबाट बाँकेका १ सय ५७ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका १ सय २७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस !