चितवन । चितवनमा एकजना कोरोना पोजेटिभले आफ्नै घरमा झुण्डीएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज बिहान ७ः३० बजेको समयमा माडी.३ बस्ने बर्ष ३५ को गोबिन्द साह आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् । उनले आफु सुत्ने कोठामा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत्यु भएका माडी प्रहरीले जनाएको छ ।

ईप्रका माडीका अनुसार निज गोबिन्द साह गत बैशाख १५ गते भारतबाट माडी आएका थिए । माडी आएका उनलाई सन्चो नभए पछि बैशाख २१ गते बघौडा अस्पताल माडीमा कोरोना परिक्षणको लागी स्वाव दिएकोमा बैशाख २२ गते रिपोर्ट पोजेटिभ आएको थियोे ।

उनि कोरोना पोजेटिभ आएपछि आफ्नै घरको होम आईसालेशनमा बसेका थिए । प्रारम्भिक अनुसन्धानमा उनी कोरोना पोजेटिभ भएकाले तनाबमा परि आत्महत्या गरेको भन्ने बुझिएको र बाँकी अनुसन्धान कार्य भईरहेको माडी प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस !