
काठमाडौं । बुधबार नेपालमा कोरोना भाइरसका अहिलेसम्मकै सर्वाधिक मृतक र संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ ।
अहिलेसम्मकै सर्वाधिक संक्रमित पनि बुधबार थपिएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार ६सय ५९ जना भाइरस संक्रमण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र ३हजार ८सय ३५ जना संक्रमित थपिएका छन् । २० हजार ७सय ५६ पीसीआर र ६सय १३ एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।