चितवन। भरतपुर अस्पतालमा १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नमुना परिक्षणका लागि संकलन गरिएका नमुना बाट संक्रमण पुष्टि हुने दर उच्च देखिएको छ । संक्रमण पुष्टि हुनेमा अधिकांश युवाहरू रहेका छन् ।

२२४ नमुना परीक्षण गर्दा जिल्लाका १०१ जना र बाहिरी जिल्लाका २९ जना गरी १३० जनामा संक्रमण देखिएको भरतपुर कोभिड प्रयोगशालाले जनाएको छ ।
थपिएका संक्रमतिमध्ये अधिकांश भरतपुर महानगरपालिकाका ४६ पुरुष र ४२ महिला गरी ८८ जना, रत्ननगर नगरपालिकाका ८ जना, कालिका नगरपालिकाका १ , खैरहनीह नगरपालिका २ तथा माडी नगरपालिकाका २ जना छन् । बाँकी २९ जना संक्रमित नवलपुर, गोरखा, नुवाकोट, पर्वत, काठमाडौं र बाराका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !