एजेन्सी । भारतमा कोरोना संक्रमण र मृत्यु दर बृद्धि हुने क्रम झन झन बढिरहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ७ सय ८६ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या २ लाख २६ हजार १६९ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार ६९१ नयाँ संक्रमित थपिएका छन । जसअनुसार भारतमा कुल संक्रमितको संख्या २ करोड ६ लाख ५८ हजार २३४ पुगेको छ । त्यहाँ अहिले पनि ३४ लाख ९३ हजार ६६५ जना सक्रिय संक्रमित रहेका छन ।

पछिल्लो २४ घण्टामा मृत्यु र संक्रमण दरका हिसाबले दोस्रो स्थानमा रहेको ब्राजिलमा थप ३ हजार २५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण हालसम्म त्यहाँ ४ लाख ११ हजार ८५४ जनाको ज्यान गैसकेको छ ।

पछिल्लो २४ घण्टामा ब्राजिलमा ६९ हजार ३७८ जना नयाँ संक्रमित थपिएका छन । जसअनुसार त्यहाँ कुल संक्रमितको संख्या १ करोड ४८ लाख ६० हजार ८१२ पुगेको छ ।

त्यसैगरी अमेरिकामा पछिल्लो २४ घण्टामा ४२ हजार १२२ जना नयाँ संक्रमित थपिएका छन । जसअनुसार हालसम्म कुल संक्रमितको संख्या ३ करोड ३२ लाख ७४ हजार ४२७ पुगेको छ ।

त्यस्तै थप ८५१ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको कुल संख्या ५ लाख ९२ हजार ४०७ पुगेको वर्ल्डोमिटरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !