दिल्ली । भारतीय क्रिकेटको नियामक निकाय बीसीसीआइले जारी इन्डियन प्रिमियर लिग(आइपीएल)लाई रोक लगाउने निर्णय गरेको छ ।

कोरोना महामारीको कारण आइपीएलको २०२१ संस्करण अनिश्चितकालका लागि स्थगित भएको इएसपीएनले उल्लेख गरेको छ ।

भारतमा पछिल्लो समय लगातार १३ औं दिन पनि ३ लाखभन्दा बढी संक्रमित भेटिएका छन् । कोरोनाको कारण कतिपय खेलाडीले खेल नै छाडिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस !