काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने बालुवाटार स्रोतले जानकारी दिएको छ । कोरोना भाइरसको बढ्दो संक्रमण र समसामयिक विषयमा छलफल तथा आवश्यक निर्णयका लागि बैठक बस्न लागेको स्रोतको भनाइ छ ।

यसअघि हिजो आइतबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । हिजोको बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने, जनगणना स्थगित गर्ने, संसदको विशेष अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस लगायत निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !