चितवन । नेपाल विधुत प्राधिकरण भरतपुर वितरण केन्द्र अन्तर्गत भरतपुर क्षेत्र २ र औधोगिक फिडर १ अन्तर्गत विधुत ५ घन्टा अवरुद्ध हुने भएको छ । भरतपुर केन्द्रिय बसपार्क देखि गोन्द्राङ सम्मको सडक विस्तार गरि ६ लेनको बनाउने क्रममा विधुतको पोल सार्नु पर्ने भएकोले बैशाख १९ गते विहान ९ वजे देखि २ वजे सम्म विधुत अवरुद्ध हुने भएको हो ।

सडक विस्तारको क्रममा भरतपुर क्षेत्रको विधुत अवरुद्ध हुदाँ यस बाट सर्वसाधारणलाई पर्न जाने असर प्रति वितरण केन्द्रले क्षमा समेत माग्दै विज्ञप्ती जारी गरेको छ । सो क्षेत्रमा पोल सार्ने कार्य तोकिएको समय भन्दा अगाडी नै सम्पन्न भएमा पहिले नै विधुत सुचारु हुने वितरण केन्द्रका ईन्जिनियर विनोद सापकोटाले जानकारी दिनु भएको छ । भरतपुर महानगरपालिका अन्तर्गत पुल्चोक देखि गोन्द्राङ सम्म सडक विस्तार गरि छ लेनको बनाउने कार्य चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस !