चितवन । भरतपुर अस्पतालमा उपचाररत बर्दाघाटका कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दाघाट नगरपालिका–७ का ४१ वर्षीय पुरुष रहेका छन् । अस्पतालका अनुसार फोक्सोसम्बन्धी समस्या भई वैशाख १६ गते अस्पतालमा भर्ना भएका उनको आजै कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भई कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज दिउँसो १ बजे मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस !