चितवन। चितवनमा पछिल्लो २४ घण्टामा १ सय ६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा १ सय ५६ जना पिसिआर र ४ जना एन्टिजेन परिक्षणमा संक्रमित फेला परेका हुन् ।

५ सय ९० स्वाव परिक्षण गर्दा सो संङ्ख्यामा संक्रमित थपिएका हुन् । थपिएका संक्रमित मध्ये भरतपुर महानगरपालिकामा मात्रै १ सय २१ जना रहेका छन् । खैरहनी नगरपालिकामा ४, माडी नगरपालिकामा ४, रत्ननगरमा १६, राप्ती नगरपालिकामा ५, कालिका नगरपालिकामा २ र इच्छाकामना गाँउपालिकामा ८ जना संक्रमित फेला परेका हुन् ।

यो संगै चितवनमा सक्रिय संक्रमितको सङ्ख्या १  हजार नजिक पुगेको छ । हाल जिल्लामा सक्रिय संक्रमित ९ सय ८८ रहेका छन् । जसमध्ये ९ सय १३ जना होम आइसोलेसनमा रहेका छन् । ७५ जना विभिन्न अस्पताल र संस्थाका आइसोलेसनमा रहेका छन् । कोरोना संक्रमणको चेन ब्रेक गर्न चितवनमा निषेधाज्ञा जारी छ ।

प्रतिक्रिया दिनुहोस !