शिशिर सिंखडा, चितवन । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि चितवनमा आज गएराति देखि निषेधाज्ञा गरिएको छ । बुधबार बसेको जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी) चितवनको बैठकले बिहीबार राति १२ देखि १५ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो । आज गए राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्मका लागि यो निर्णय लागू हुनेछ ।
चितवनमा कोरोना (कोभिड १९) सङ्क्रमितको सङ्ख्या ५ सय नाघेपछि निषेधाज्ञा गर्ने निर्णय गरिएको जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी) चितवनका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो । उहाँले जिल्लामा कोरोना सङ्क्रमणको अवस्था हेरेर थप निर्णयहरु गरिने बताउनुभयो ।

 

 

 

प्रतिक्रिया दिनुहोस !