चितवन । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि चितवनमा निषेधाज्ञा गर्ने निर्णय गरिएको छ । आज बसेको जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर(डिसीएमसी) चितवनको बैठकले बैैशाख १६ गते (भोली)रातीदेखि १५ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो । भोली राती १२ बजेदेखि ३१ गते राती १२ बजेसम्मका लागि यो निर्णय लागु हुनेछ ।

डिसीएमसीको निर्णय केहीबेरमा प्रमुख जिल्ला अधिकारीले जारी गर्ने तयारी गरिएको छ । चितवनमा कोरोना (कोभिड १९) संक्रमितको संख्या ५ सय नाघेपछि निषेधाज्ञा गर्ने निर्णय गरिएको जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी) चितवनका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले  जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !