काठमाडौँ । गण्डकी प्रदेशका तीन जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेकपा एमालेका दुई जना र कांग्रेसका एक जना सांसदलाई संक्रमण पुष्टि भएको हो । मंगलबारको बैठकमा कोरोना संक्रमणको जोखिम रहेका कारण अनिवार्य पीसीआर परीक्षण गरिनुपर्ने माग गर्दै संसद अवरुद्ध गरेका थिए । प्रदेशसभा सचिवालयकै एक कर्मचारीमा समेत संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !