बिराटबाबु खनाल, जापान ।  ग्लोबल गोरखा समाजका संरक्षक गोरखा जिल्ला शहिद लखन गाँऊपालिका साबिकको नाम्जुङग गाबिस निवासी कृष्ण प्रसाद लामिछाने ले गैर-आवासिय नेपाली संघ राष्ट्रिय परिषद अमेरिकाको अध्यक्ष पदमा ऊमेद्ववारी दिनु भएको छ ।   

२० बर्ष देखि अमेरिकालाई आफ्नो कर्मथलो बनाऊदै आऊनु भएका लामिछाने NRNA NCC अमेरिकाको ऊपाध्यक्ष समेत रहनु भएको छ, यहि “मे”महिनामा हुने NRNA NCC अमेरिकाको निर्वाचनका लागी चुनावी अभियानमा अमेरिका भित्रका विभिन्न शहरहरुमा पुग्नु भएका लामिछानेका विभिन्न शहरहरुमा स्वागत गर्न र शुभेच्छा दिन बाक्लो संङख्यामा शुभचिन्तक,समर्थकहरुको ओईरो लाग्दै आएको जानकारी हुन आएको छ।   

अत्यन्तै शालिन,बौद्धिक,व्यवसायिक क्षेत्रमा सफल लामिछानेको अध्यक्ष पदको ऊमेद्ववारीले सिन्गो अमेरिका मात्र नभएर विश्वका विभिन्न देशमा छरिएर रहेका प्रवासी नेपाली,गोरखालीहरुको चासो रहनुका साथै सामाजिक संजाल प्रयोगकर्ताहरुले सामाजिक संजाल मार्फतनै हजारौको सङख्यामा शुभेच्छा प्रकट गरेको समेत प्राप्त हुन आएको छ।   

आफ्ना पुजनिय पिता राम प्रसाद लामिछानेको आशिर्वाद , हौसला र प्रेरणा बाट प्रेरित भई कलेज लाईफ देखिनै सामाजिक क्षेत्रमा प्रवेश गर्नु भएका लामिछाने NRNA NCC अमेरिका को बलियो ऊमेद्ववारको रुपमा हेरिदै आएको छ। लामिछानेका पिता हाल गोरखा जिल्ला शहिद लखन गाऊपालिका वडा नम्बर -९ को वडा अध्यक्ष समेत हुनु हुन्छ,साथै गोरखा जिल्ला भित्र लामिछानेका बुबा लाई सफल जनप्रतिनिधिका रुपमा चर्चा समेत गरेको पाईदै आएको छ। 
सामाजिक क्षेत्रमा क्रियाशिल लामिछानेको परिवारले आफ्नै पारिवारिक पहलमा धेरै सामाजिक काम गर्दै आएको समेत पाईन्छ।

सामाजिक क्षेत्रमा क्रियाशील लामिछानेले विभिन्न समयमा प्रवास र स्वदेशमा सामाजिक कार्यमा अतुलनीय योगदान पुर्याऊदै आऊनुका साथै नेपाली समाज टेक्सासको नेतृत्व समेत सफल रुपमा सम्पन्न गरिसक्नु भएको बताईएको छ।    व

गैर-आवासिय नेपाली संघ अमेरिकाको सभापतिमा लामिछाने लगायत अन्य ४ जनाको पनि उम्मेदवारी परेको छ, लामिछानेले आफ्नो ऊमेद्ववारी मतदाताको मन जित्नका लागि मात्र नभएर अमेरिकामा रहेको ज्ञान,सिप,प्रविधि लाई मातृभुमि संग जोड्दै मातृभुमीको समृद्द नेपाल बनाऊने अभियानमा अमेरिकाबासी नेपालीहरु संग हातेमालो गर्दै एऊटा ईट्टा थप्ने आफ्नो समेत सपना रहेको र त्यो सपना पुरा गर्नको लागी आम अमेरिकाबासि नेपाली बुबाआमा,दाजुभाई,दिदिबहिनीहरु संग विभिन्न माध्यमबाट आफ्नो पक्षमा मतदान गरिदिन अनुरोध गर्दै आऊनु भएको छ।

लामिछानेकै शब्दमा “ हजुरहरूको मत सँगसँगै आशीर्वाद चाहिएको छ, प्रवासमा रहेर प्रवासका समस्या संगै मातृभुमिको समृद्दीको लागी तपाई र मेरो पुस्ताले धेरै गर्नु छ त्यसैले एकपटक विश्वासका साथ नेतृत्वमा रहेर सेवा गर्ने मौका दिनुहोस्, तपाईहरुले गर्नु भएको विश्वास लाई एक मुठ्ठी सास रहदा सम्म लर्बराऊन दिने छैन्” भन्दै अनुरोध गर्नु भएको पाईन्छ। 

साथै आफ्ना अभिभावक” संरक्षक” को अमेरिका जस्तो विकशित राष्ट्रमा रहेका नेपालीहरुको नेतृत्व गर्न आफ्नो संस्थाका अभिभावकको ऊमेद्ववारी, त्यस संग सगै अग्र -स्थानमा देखिनु भएकोमा लामिछाने लाई प्रवासी गोरखालीहरुको साझा संस्था ग्लोबल गोरखा समाजले सफलताको लागी शुभकामना,शुभेच्छा व्यक्त गर्नुका साथै अमेरिकाबासी नेपालीहरु लाई सहयोगको लागी अपिल समेत गरेको प्राप्त हुन आएको छ।     

प्रतिक्रिया दिनुहोस !