
पर्सा। पर्सामा एक साताका लागि निषेधाज्ञा जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार बिहीबार बिहान ४ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा जारी भएको जनाएको छ ।
मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी० को बैठकले वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लगाउने निर्णय भएको हो ।
कोरोनाको दोस्रो लहरको संक्रमण तीव्र बनेपछि निषेधाज्ञाको निर्णय गरिएको हो ।
पछिल्लो समय पर्सामा कोरोनाका कारण १७ जनाको मृत्यु भएको छ ।