काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

सोमबार भएको प्रदेश सभा बैठकमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सही भएको भन्दै चलेका कारण उनीविरुद्ध अविश्वासको प्रस्ताव पेश गरिएको नेपालीले बताए ।

कांग्रेसका १५ र माओवादीका १३ मध्ये १ जना सभामुख, जसपाका २, जनमोर्चाका ३ र एक स्वतन्त्र सांसद छन् भने मुख्यमन्त्रीको पार्टी एमालेका २७ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस !