तनहुँ । तनहुँको दमौली नजिक मादी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवकको शव सोमबार फेला परेको छ ।
जिल्लाको व्यास नगरपालिका–५ स्थित मादी नदीमा पौडी खेल्दा डुबेर बेपत्ता भएका १८ वर्षीय रमेश विकको शव दुई दिनपछि फेला परेको हो ।
स्याङ्जा घर भई हाल सोही वडाको मोचाबारी बस्ने विक शनिबार दिउँसो पौडी खेल्दा बेपत्ता भएका थिए ।
डुबेकै ठाउँ नजिक रमेशको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो ।
ट्याक्टरमा सहचालक काम गर्ने विक बालुवा लिन मादीमा गएका बेला पौडी खेल्न नदीमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस !