काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसिरहेको छ । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले बिहिबारबाट लकडाउन गर्न प्रस्ताव गरेका हुन् । । बैठकले वैशाख १६ गतेबाट लकडाउन गर्न प्रस्ताव गरेका हो । यद्यपी पूर्ण निर्णय भईनसकेको एक अधिकारीले जानकारी दिए ।

१६ गतेबाट लकडाउन गर्ने निर्णय लगभग भएपनि के–के खुल्न दिने र के–के खुल्न नदिने भन्नेबारेमा छलफल भईरहेको ति अधिकारीले बताए । उनले भने पूर्ण लकडाउन गर्ने वा आंशिक गर्ने भन्नेबारेमा पनि छलफल भईरहेको छ । सीसीएमसीले पनि १५ गतेदेखि निषेधाज्ञा लागु गर्न सुझाव दिएको थियो ।

प्रतिक्रिया दिनुहोस !