काठमाडौं । मुलुकमा कोरोनाभाइरसको संक्रमण ह्वात्तै बढेपछि चिन्तित बनेको सरकारले केही रणनैतिक निर्णयहरू लिन मन्त्रिपरिषदको बैठक बोलाएको छ ।

काठमाडौं उपत्यकासहित भारतसँग सिमाना जोडिएका जिल्लाहरूमा कोरोनाभाइरसको संक्रमण तिब्र रुपमा बढेको छ ।

ती जिल्लाहरूमा कसरी अगाडि बढ्ने र लकडाउनका विषयमा कसरी अगाडि बढ्ने भन्ने लगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्न लागेको एक मन्त्रीले बताएका छन् ।

बैठक साँझ पाँच बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठक कोरोनाभाइरसको संक्रमणका विषयमानै केन्द्रित हुन सक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस !