बैतडी । बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यू भएकोछ भने, ११जना घाइते भएकाछन् । मृत्यू हुनेमा बैतडीको दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकका ५५बर्षिय देविदत्त जोसी रहेकाछन् ।

घाइते ११जना मध्ये चालक तारनदत्त जोसीको अवस्था गम्भीर रहेको र अन्य १०जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएकोछ ।

घाइते सबैको उद्धारगरि अहिले पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याइएको र मृतक जोसीको शब पोष्टमार्टमको तयारी भैरहेको प्रहरीले जनाएको छ ।

महेन्द्रनगरबाट जन्ती बोकेर बैतडी आउदैँ गरेको सु।प।प्र। ०२००१ ज ३७७ नम्बरको बोलेरो जिप पाटन नगरपालिका वार्ड न।६ को घट्टे गाडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जिप सडकबाट करिब एकसय मिटर तल खसेको बैतडीका प्रमुख प्रहरी नायब उपरिक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो । दुर्घटनाको कारण भने खुल्न सकेकोछैन ।

प्रतिक्रिया दिनुहोस !