काठमाडौं । कोरोनाभाइरसको संक्रमण उपत्यकामा ह्वात्तै बढेपछि रणनीति बनाउन काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको बैठक आज बस्ने भएको छ ।

कोरोना संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि भइरहेको सन्दर्भमा न्युनिकरणका लागि के गर्न सकिन्छ भन्नेबारे छलफल गर्न सिडिओहरूले बैठक गर्न लागेका हुन् ।

कोरोना संकट व्यवस्थापन केन्द्र सिसीएमसीले पाँच सयभन्दा बढी कोरोना संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन सिफारिस गरेपछि काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओ छलफलमा जुट्न लागेका छन् ।

यी तीनै जिल्लामा पाँच सयभन्दा बढी संक्रमित छन् । काठमाडौंमा आइतबार एक हजार एक सयभन्दा बढीमा कोरोना देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस !