चितवन । भरतपुरमा टिपरको ठक्करबाट एक महिलाको ज्यान गएको छ । भरतपुर महानगरपालिका २१ स्थित कान्छिचोकमा टिपरले साइकलमा सवार महिलालाई ठक्कर दिदा घटना स्थलमै मृत्यु भएको हो । शान्तीपुर बाट पार्वतीपुर तर्फ जादै गरेको ना ७ ख ८११९ न को टिपरले साइकललाई आज आइतवार १०ः३० बजे ठक्कर दिएको हो । मृतकको शवको मुचुल्का उठाएर पोर्ट्मार्टमको लागि भरतपुर ल्याउने तयारी भइरहेको चितवन प्रहरीले जनाएको छ । मृतकको व्यक्तिगत विवरण आउन बाकी छ । टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस !