चितवन । नेकपा एमालेका युवा नेता तथा रत्ननगर उधोग बाणिज्य संघका निवर्तमान अध्यक्ष राजाराम रेग्मी मुलधारको पार्टीमा फर्किएका छन ।
चितवनका एमाले  (माधव समुह) नेता सुरेन्द्र पाण्डेलाई अर्को धक्का लागेको छ ।
 
उबासंघका निवर्तमान अध्यक्ष तथा रत्ननगरका नेता रेग्मी माधव समुहका नेता सुरेन्द्र पाण्डेका बिश्वास पात्रका रूपमा चिनिदै आएका थिए । साबिक एमालेको क्षेत्र नं १ प्रदेश (ख) का तत्कालीन अध्यक्ष समेत रहेका रेग्मी आज मुलधारको नेकपा एमालेको भरतपुरमा आयोजित बैठकमा उपस्थित भएका हुन । रेग्मी नेकपा एमालेको आजको बैठकमा दिनभर नै सहभागी भएका थिए । साथै उनले आजनै पार्टीद्वारा आयोजित सपथ ग्रहण समेत गरेका थिए ।
 
चितवन क्षेत्र नं १ का संघीय सांसद पाण्डेका निकट मानिएका स्थानिय जनप्रतिनिधिहरु  माधव गुटका पाण्डेलाई छाडेर यस अगाडी नै मुलधारको एमाले मै समाहित भैसकेका छन । पुर्बी चितवनमा युवा नेता रेग्मीले सांसद पाण्डेलाई छाडेपछी पुर्बी चितवनका माधव गुटमा खैलाबैला मच्चिएको छ ।
 

प्रतिक्रिया दिनुहोस !