चितवन । कालिका नगरपालिका वडा नं. ३ को आज एक कार्यक्रमका बिच वडा कार्यालय भवन उद्घाटन गरिएको छ । ७८ लाख रुपैयाको लागतमा निर्माण सम्पन्न भएको सो भवनको जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले उद्घाटन गर्नुभएको हो ।

कालिका वडा नं. ३ का वडा अध्यक्ष टिकाराज रिजालको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य दिनानाथ अर्यालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, कालिका नगरपालिकाकी उपमेयर कमला भट्टराई, कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्युतराज रेग्मी, नेकपा एमाले कालिका ३ का वडा अध्यक्ष हरिप्रसाद अधिकारी, नेकपा माओवादी केन्द्रका प्रतिनिधि दिवश पाण्डे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !