चितवन । बागमती प्रदेशका भुमि ब्यबस्था तथा सहकारी मन्त्री  दावा दोर्जे लामाले नेकपा (एमाले) एकताबद्ध बन्छ भने आफुले मन्त्री पद पनि छोड्न तयार रहेको बताउनु भएको छ । केपी ओली नेतृत्वको हाम्रो पार्टी बलियो, मजबुत र एकताबद्ध बनाउन सबै लाग्नु पर्ने भन्दै सहकारी मन्त्री लामाले पार्टीको हितको लागि जुनसुकै बेलामा पनि मन्त्री पद छोड्न तयार रहेको बताउनु भयो ।
पार्टी अध्यक्ष केपी ओली विरुद्ध २१ बुदे आरोप पत्र लेख्न लगाएका साथीहरूले गल्ती गरेकोमा माफी माग्दै पार्टी एकताबद्ध र मजबुत बनाउन बिनाशर्त आउनुपर्ने समेत बताउनु भयो ।  नेपाल कम्युनिस्ट पार्टी (एमाले) रत्ननगर नगर कमिटीको आज आयोजित सपथ ग्रहण कार्यक्रममा  बोल्दै मन्त्री लामाले ब्यक्ती र पद भन्दा पार्टी ठुलो हुने भएकोले पार्टी बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड दिनु भयो ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) रत्ननगर नगर कमिटीका अध्यक्ष इश्वरीप्रसाद अर्यालको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि एमाले बागमती प्रदेश कमिटी सह- इन्चार्ज काशीनाथ अधिकारी रहनु भएको थियो । रत्ननगरको हरिहर बेन्कुटमा भएको नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस समारोह तथा सपथ ग्रहण कार्यक्रममा नेकपा बागमती प्रदेश सचिवालय सदस्य जेएन थपलिया, एमाले जिल्ला अध्यक्ष पार्वती रावल, सचिव प्रकाश खनाल “शैलेस” लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !