
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको सङ्ख्यामा वृद्धि भएको छ ।
राष्ट्रिय गणना कार्यक्रम अन्तर्गत चैत १९ देखि २५ गतेसम्म गरिएको गणना अनुसार निकुञ्जमा गैँडाको सङ्ख्या ३ भाले, ४ पोथी, ६ पहिचान खुल्न नसकेको र ४ केटो गरी १७ पुगेको रहेका छन् ।
सन २०१५ मा गरिएको राष्ट्रिय गणनामा यहाँ गैँडाको सङ्ख्या ८ थियो ।
सन् २०१७ मा चितवन राष्ट्रिय निकुञ्जबाट ५ गैँडा स्थानान्तरण गरिएको थियो ।
अघिल्लो राष्ट्रिय गणनाका आधारमा गैँडाको सङ्ख्या बढेको निकुञ्जका सहायक संरक्षण अधिकृत रवीन चौधरीले बताउनु भएको छ ।
उहाँले गैँडाको सङ्ख्यामा केही वृद्धि भए पनि सन्तोषजनक भने नरहेको बताउनु भएको छ । कृष्ण साउद