काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कार्यालयको नयाँ भवन शिलान्यास भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर मदननगर बल्खुमा रहेको जग्गामा नयाँ बन्ने भवनको शिलान्यास गर्नुभएको छ । एमालेको पार्टी कार्यालय भवन १३ रोपनी जग्गामा निर्माण हुनेछ । २०५१ सालमा निर्मित एमालेको मुख्यालय २०७२ सालको महाभुकम्पले भत्किएको थियो । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर एमालेले आफ्नो नयाँ भवनको शिलान्यास गरेको हो । भवन पार्टी कर्यकर्ताको लेबीबाटै निर्माण गर्ने तयारी एमालेले गरेको छ।

प्रतिक्रिया दिनुहोस !