काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गर्ने अधिकार अध्यक्ष दाहाललाई दिने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

यसै गरी बैठकले आफ्ना सबै कमिटीलाई कोभिड संक्रमण विरुद्धको जागरण अभियानमा लाग्न पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस !