आशिष उप्रेती, चितवन । पुर्वी चितवनको राप्ती नगरपालिकामा रहेको बीेरेन्द्रनगर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति राप्ती ८, बडहराको निर्वाचन सुरु भैरहेको छ । राप्ती नगरपालिका ७, वीरेन्द्रनगरस्थित श्री वीरेन्द्र आदर्श माध्यमिक विद्यालयमा खानेपानिको निर्वाचन अहिले भैरहेको छ ।

आज (बुधबार) बिहान ७:३० बजेबाट मतदान सुरु भैरहेको छ । चुनावमा नेपाली कांग्रेस र नेकपा एमाले (ओली समूह) को संयुक्त प्यानलबाट अध्यक्षमा चुडाप्रसाद सिलवाल (भीमसेन) को उम्मेदवारी छ भने अर्को तर्फ नेकपा (माओवादी केन्द्र), नेकपा एमाले (माधव समूह), राप्रपा र नेकपा (माले)को संयुक्त प्यानलबाट अध्यक्षमा रामचन्द्र पाठकको उम्मेदवारी रहेको छ ।

सिलवाल र पाठक दुवै जना कडा प्रतिस्पर्धाका साथ चुनावी मैदानमा उत्रिएका छन् । चुडाप्रसाद सिलवाल कांग्रेस निकटका हुन् भने रामचन्द्र पाठक नेकपा (माओवादी केन्द्र) निकटका खानेपानी संस्थाका उपभोक्ता हुन् । खानेपानी संस्थाको नयाँ कार्यसमिति चयनका लागि उक्त संस्थाका १ हजार ५ सय ३९ जना उपभोक्ताले आफ्नो मताधिकार प्रयोग गर्न पाउँनेछन् ।

प्रतिक्रिया दिनुहोस !