आशिष उप्रेती, चितवन ।   पूर्वी चितवनको राप्ती नगरपालिका १, पिप्लेमा मंगलबार बिहान सशस्त्र प्रहरीले गाँजा बरामद गरेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनको पिप्लेमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ४ च ९२२७ नम्बरको सेतो रंगको बोलेरो गाडीमा लुकाएर ल्याइएको गाँजा सशस्त्र प्रहरीको टोलीले बरामद गरेको हो ।

सेतो रंगको बोलेरो गाडीबाट १ सय ३५ दशमलव २४ किलो गाँजा बरामद गरीएको सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय भण्डाराका सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) सुशील पराजुलीले बताउनुभयो । सशस्त्र प्रहरी निरीक्षक प्रज्वल कुमार सिलवालको कमाण्डमा खटिएको  ७ जनाको टोलीले गाँजा बरामद गरेको हो ।

स्थानियले दिएको खबर अनुसार मंगलबार बिहान ७:५० बजे पूर्व पश्चिम राजमार्गमा स्थानियबासीहरुको रोहबरमा सवारी साधनहरु चेकजाँच गरि गाँजा नियन्त्रणमा लिइएको हो । गाँजा बोकेको गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा रहे पनि बोलेरोको चालक भने फरार रहेको उहाँले बताउनुभयो । थप अनुसन्धानको लागि लागु औषध (गाँजा) र बोलेरो गाडी ईलाका प्रहरी कार्यालय खैरहनी पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस !