काठमाडौँ । कोरोना भाइरस (कोभिड)–१९ को संक्रमण बढेसँगै बाँकेमा लकडाउन गर्न सिफारिस गरिएको छ । पछिल्लो समय बाँकेमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढेसँगै लकडाउनका लागि सिफारिस भएको हो । कोरोना संक्रमित बढेसँगै लकडाउनका लागि सिफारिस भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । उनले भने, ‘लकडाउन गरेर हिँडडुलमा समेत नियन्त्रण गर्नुपर्छ भनेर सिफारिस भएको छ । कुन(कुन क्षेत्रमा लकडाउन गर्ने भनेर हामीले निर्णय गर्न बाँकी छ’ ।

प्रतिक्रिया दिनुहोस !