
काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ । आज सुनको मूल्य ३ सय रुपैयाँले घटेर हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाल तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुनको मूल्य ९० हजार २ सय रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजावी सुनको मूल्य ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलाको १३ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।