काठमाडौं ।त्रिकोणात्मक ट्वान्टि- २० क्रिकेट सिरिजमा नेपालले आफ्नो दोस्रो खेलमा पनि सहज जित हासिल गरेको छ ।

आज त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ९ विकेटले हराएको हो ।
मलेसियाले दिएको ११० रनको लक्ष्य पुरा गर्ने क्रममा नेपालका लागि कुशल भुर्तेलले ६१ र आरिफ शेखले ४२ रन बनाए ।

नेपालले ७.५ ओभर अगाडि नै लक्ष्य पूरा गर्‍यो ।

प्रतिक्रिया दिनुहोस !