काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।

सोमबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा कोभिड–१९ क्राइसीस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले गरेको प्रस्तावहरुबारे छलफल हुने बताइएको छ ।

शनिबार बसेको सीसीएमसी बैठकले कोरोनाको नयाँ भेरियन्ट नियन्त्रण तथा रोकथामका लागि एक महिना विद्यालय बन्द तथा रात्रीकालीन व्यवसाय बन्द गर्नुपर्ने प्रस्ताव गरेको छ ।

तर, विद्यालयको पठन पाठन भने पूर्णरुपमा बन्द नगरी अनलाइन माध्यमबाट पढाउनुपर्ने सीसीएमसीको सर्त छ ।

प्रतिक्रिया दिनुहोस !