चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको हारको सुरुवात कर्णाली प्रदेशबाट भएको बताएका छन् ।

आज  चितवनको माडी नगरपालिका कार्यालयको नवनिर्मित भवनको समुद्घाटन गर्दै अध्यक्ष प्रचण्डले प्रदेशबाट सुरु भएको ओलीको हारको ऋंखला अब केन्द्रसम्म पुग्ने बताउनुभयो । ‘मैले संसद विघटनदेखि नै प्रधानमन्त्रीलाई हार्नुभयो भनेको थिए, हारको सुरुवात भएको छ’ प्रचण्डले भने ‘कर्णालीमा कसरी हार्नुभयो सबैले देखि हाले, अब गण्डकी, लुम्बिनीमा हार्देछन्, त्यो भन्दा पहिले संघमै हार्न सक्छन् । पुर्व प्रधानमन्त्री समेत रहेका दाहालले अलोकतान्त्रिक, स्वच्छेचारी सरकारको आयु सकिएको भन्दै अब छिट्टै नयाँ सरकार बनाएरै छोड्ने दावी गरे । नेपाली राजनीतिमा अहिले तुवालो लागेको भन्दै अब छिट्टै तुवालो फाटेर उज्यालो हुने बताए । आफ्नो निर्वाचन क्षेत्रमा भइरहेको विकास निर्माणलाई रोक्न प्रधानमन्त्री ओली लागि परेको आरोप लगाउँदै नयाँ सरकार गठन पश्चात सबै काम पुरा गर्दै लैजाने बताए ।

प्रतिक्रिया दिनुहोस !